पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित, दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरियो


पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।



लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ । यसअघि अफगानिस्तानले खेलेको ६ खेलमा सबैमा हार ब्यहोर्दै विश्वकपबाट बाहिरिएको थियो ।

जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक बनाएको छ ।

३०९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५९ रन मात्रै बनाउन सक्यो ।






सम्बन्धित
Loading...