कुटपिट र आक्रमणमा उत्रिए रास्वपाको कार्यकर्ता, नवलपरासीमा विप्लव नेतृत्वको नेकपा (माओवादी) को उम्मेदवारमाथि हातपात


 



नवलपरासी । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा रहेको नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा (माओवादी) का स्थानीय नेता तथा कार्यकर्ताहरुलाई राष्टि«य स्वतन्त्र पार्टीका कार्यकर्ताले कुटपिट गरेका छन् ।

नवलपरासी क्षेत्र नम्बर १ का दुई छुट्टाछुट्टै स्थानमा मंगलबार दिउँसो नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले उम्मेदवारसहित गरेको प्रचारप्रसार कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले अवरोध गर्दै कुटपिट गरेका हुन् ।




सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा माओवादीका उम्मेदवार राजु हरिजनलाई पटक पटक मुक्का प्रहार गरिएको देखिन्छ ।
प्रचारप्रसार स्थलमा पुगेका उनीहरुले उम्मेदवार र उनका समर्थकमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएको प्रहरीले जनाएको छ ।

नेकपा (माओवादी) ले बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा गरेको प्रचारप्रसार स्थलमा पुगेर रास्वपाका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ । ‘

‘म गाडीमाथि बसेर भाषण गरिरहेको थिए । सडक छेउमा रहेका रास्वपाका कार्यकर्ताको बीचबाट आएका ५÷६ जनाले घण्टीको एरियामा आएर प्रचारप्रसार किन गरेको रु भन्दै साथीहरुलाई कुटपिट गरे । छुट्टाउन जाँदा ममाथिसमेत निर्घात कुटपिट गरे ।’ उम्मेदवार हरिजनले भने । सबैको टाउको र अनुहारमा गम्भीर चोट लागेको उनको भनाई छ ।

यसैबीच बर्दघाटकै दबिलामा एमालेले गरेको घरदैलो कार्यक्रम समेत रास्वपाका कार्यकर्ताले बिथोल्न खोजेका थिए । एमालेका उम्मेदवार रामप्रसाद पाण्डेका अनुसार घरदैलो गरिरहँदा घण्टी हल्लाउँदै पुगेका केही समूहले किन कार्यक्रम गरेको भन्दै बिथोल्न खोजेका थिए ।

राजनीतक दलका उम्मेदवारको प्रचारप्रसार कार्यक्रममा अवरोध र कुटपिटबारे क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विक्रम खनालले घटनामा संलग्न को थिए भन्ने बारे थाहा नभएको बताए । उनले भने – ‘अहिले रास्वपामा ठूलो भीड छ । कार्यकर्ता र अरु चिन्नै गाह्रो छ । कुटपिट गर्नेहरुलाई मैले चिनेको छैन । ’ कुटपिट पछि रास्वपाका कार्यकर्ताले छुट्याएको उनले दावी गरे ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले केही समूहले एमाले र नेकपा (माओवादी) को कार्यक्रमलाई अवरोध पुर्याउन खोज्नुका साथै उम्मेदवारसहित केहीमाथि कुटपिट भएको बताए।

‘दबिलामा भएको एमालेको कार्यक्रममा केही समूहले अवरोध गरेको सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । लगत्तै नेकपा (माओवादी) को प्रचारप्रसारमा सहभागी भएकामाथि कुटपिट भएको खबर आयो । ढिला भएकाले उनीहरु भागिसकेका थिए ।’ प्रहरी उपरीक्षक श्रेष्ठले भने । कुटपिट गर्नेहरुको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।



सम्बन्धित
Loading...