एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने समता निकेतन सम्मानित

कावासोती । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतन एसईई २०८१ को नतिजामा नगरपालिकाका सर्वोत्कृष्ट विद्यालयमा छनोट भई सम्मानित एंवम् पुरस्कृत भएको छ ।
४० जना भन्दा धेरै बिद्यार्थीहरू परिक्षामा सहभागी गराई समता शिक्षा निकेतन , कावासोती ९७.६२ प्रतिशित नतिजा सहित नगर कार्यपालिकाद्वारा सम्मानित एंवम् पुरस्कृत भएको विद्यालयको प्रिन्सिपल महेष भुर्तेलले बताए ।
यस अघि समता स्कूल कावासोतीले एसईई २०७५ मा छात्र र छात्रा दुबै तर्फ ४.०० ज पिए समेत प्राप्त गरेर नगरपालिकाद्वारा सम्मानित भएको एकमात्र संस्थागत विद्यालय हो ।
कावासोतीका सम्पूर्ण संस्थागत विद्यालयहरू मध्येबाट समता शिक्षा निकेतन नगद तथा सम्मान पत्रद्वारा अभिनन्दित भएकोमा समता स्कुलका आदरणनिय सॅस्थापक उत्तम संजेल सहित, यो नतिजा प्राप्तगर्न अहोरात्र मेहेनत गर्ने शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थीहरू र सम्पुर्ण समता स्कुलसँग आबद्ध सबैप्रति आफू आभारी रहेको प्रिन्सिपल भुर्तेलले बताए ।

त्यसैगरी गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा दित्तिय स्थान प्राप्तगरी खेलकुद मार्फत समता स्कुल परिवार र कावासोती नगरपालिकाको गौरव र पहिचान उच्च बनाउन सफल समता स्कुल कावासोतीमा कक्षा १० मा अध्ययनरत छात्र दिपेश कुंवर क्षेत्री कावासोती नगर कार्यपालिकाद्वारा सम्मानित भएका छन् ।
उनलाई सम्मान पत्र संगै नगद पाँच हजार रुपैयाँको पुरस्कार सहित सम्मानित गरिएको थियो ।
त्यसैगरी, समता स्कुल एसईई २०८१ मा लेखाशास्त्र बिषयमा १०० प्रतिशत पास गराई १० जना भन्दा धेरै बिद्यार्थीको ए प्लस आएकोमा समताका शिक्षक अरूण सुबेदी र गणित शिक्षक बिक्रम श्रेष्ठ समेत नगद र कदर पत्रबाट सम्मानित गरिएको थियो ।

न्युनतम शुल्कमा गुणस्तरिय शिक्षाका लागि कावासोतीको समता स्कुलले अलग पहिचान बनाऊंदै आएको छ ।
शैक्षिक शत्र २०८३ का लागि मासिक एंवम कम्प्युटर शुल्क ६ सय ५० रुपैयाँ र परिक्षा एवम् अतिरिक्त क्रियाकलाप शुल्क ३ सय ५० रुपैयाँ निर्धारण गरिएको विद्यालयले जनाएको छ ।
