कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप

जापानिज इन्सिफलाइटिसबाट नवलपुरमा ८ महिनामा ६ जनाको मृत्यु


 



नवलपुरको कावासोती नगरपालिकाले चैत्र १ गतेदेखि ३५ बर्ष माथिका उमेर समूहलाई लक्षित गरी जापनिज इन्सेफलाइटिस सङक्रमण विरुद्धको खोप अभियान चलाउने भएको छ ।




कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार नगरपालिकाको सभाहलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा यस आर्थिक बर्षमा मात्र १४ जनामा संक्रमण देखिएको छ जस मध्ये ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । त्यसैगरी कावासोती नगरपालिका भित्र ६ जनामा संक्रमण देखिएकोमा २ जनाको मृत्यु भएको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कावासोती नगरपालिकाका १७ वटा वडामा रहेको १७ वटा आधारभूत स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा चैत्र १ गतेदेखि चैत ९ गतेसम्म खोप लगाइने छ ।

नवलपुर जिल्लामा १ लाख ५० हजार बढी नागरिकलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो रोग जापानिज इन्सेफलाइटिस इन्फ्लून्जा भन्ने संक्रमण भएको लामखुट्टेले मान्छेलाई टोक्दा सर्दछ । लामखुट्टेमा भने जापानिज इन्सेफलाइटिस इन्फ्लून्जा संक्रमण भएको हाँस, चराचुरुङ्गी, संगुर, बुंगुरलाई टोकेको लाम्खुट्टेबाट मानिसमा सर्ने रोग हो ।
यो रोग लागेको ५ देखि १५ दिन भित्र लक्षण देखिन्छ भने यो रोगबाट सबै भन्दा बढी १५ बर्ष मुनिका बालबालिकाहरु प्रभावित हुने गर्दछ ।



सम्बन्धित
Loading...