चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र




नवलपुर । नवलपुरको कावासोती २ भाटटोला बेल चोक स्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म हुने आदिवासी जनजातिको सांस्कृतिक, पर्यटन, खाना तथा व्यापारिक तेस्रो नवलपुर महोत्सवको तयारी तिब्र पारिएको छ ।

महोत्सव स्थलमा स्टल निर्माण, महोत्सव सफल पार्नका लागि विभिन्न उपसमिति गठन, शोभा कलस यात्राका लागि पत्राचार लगायतको काम भईरहेको छ ।




महोत्सवको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा २ सय बढी स्टल रहनेमा अहिलेसम्म १ सय ५० बढी स्टल बुकिङ भईसकेको छ ।

महोत्सवमा आदिवासी जनजातिका मौलिक घरहरु, खानाका स्टलहरु, प्रदर्शनीका साथ व्यपारिक स्टलहरु गरी २ सय बढी स्टल रहने छन् ।

उद्घाटनको दिन कावासोतीको फलफूल चोक अहिंसा पार्कबाट शोभा कलश यात्रा निकालिने आयोजकले जनाएको छ ।

महोत्सवमा लण्डन ब्रिज, आइफल टावर लगायत पनि रहने छ । महोत्सवमा साढे २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा टिकट शुल्क १ सय रुपैयाँ हुने विद्यार्थीहरुलाई २० प्रतिशत छुट र जेष्ठ नागरिकलाई जेष्ठ नागरिक कार्ड भएमा निशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

महोत्सवमा प्रमोद अर्यालको परम्परा ब्याण्ड, गायक प्रकाश सपुथ, श्याम राना, ज्योति मगर, समिक्षा अधिकारी, एलिना चौहान, लाहुरे, बद्रि पंगेनी, राजन गुरुङ, जिबब, बद्री पंगेनी, पशुपति शर्मा लगायतका कलाकारहरु रहने छन् ।



सम्बन्धित
Loading...