टर्की निर्वाचन: इस्तानबुलमा राष्ट्रपति एर्दोआनको पार्टी फेरि पराजित
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ।
मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्।
उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरे तापनि सत्तारूढ एके पार्टीले अनियमितताको आरोप लगाएपछि पुन: मतदान भएको थियो।
यो परिणामले राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको दलले राजधानीमा आफ्नो नियन्त्रण गुमाएको देखाएको छ।
स्वीकारेका छन्। राष्ट्रपति एर्दोआनले विजेतालाई बधाई दिएका छन्।
यो परिणामलाई एर्दोआनका लागि ठूलो राजनीतिक धक्काका रूपमा अर्थ्याइएको छ। कुनैबेला एर्दोआनले भन्नेगर्थे- “जसले इस्तानबुलमा जित्छ, उसले टर्कीमा जित्छ।”