कावासोती नगरपालिका उपमेयरको सरकारी गाडीमा आगजनी, कसले र किन गर्यो आगजनी ?


 



नवलपरासी, १० असार ।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गएराति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेको छ ।
कावासोती नगरपालिकाको उपमेयर मर्दनिया चढ्ने लु १ झ ३२१ नं. को स्कापियो सरकारी गाडी उनकै घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
प्रहरीले अज्ञात समूहले भने पनि विप्लवका कार्यकर्ताहरुले आगजनी पछि छाडेको केही पर्चा पनि घटना स्थलमा भेटिएको जनाइएको छ ।
मर्दनियाले सरकारी गाडी घरमै लैजाने नगरपालिकाको बाहेक अन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।
विप्लवका कार्यकर्ताहरुले उपमेयर मर्दनियालाई यस अघि पनि पत्रचार गरेको र उनले भ्रष्टचार गरेको, सरकारी सम्पत्ति र साधन स्रोतको दुरुपयोग गरेका जस्ता आरोप लगाएका छन् ।
प्रहरीले दुई जनाको समूहमा आएका व्यक्तिहरुले आगजनी गरिदिएको जनाएका छन् ।
प्रहरीका अनुसार पेट्रोल छर्की गाडीमा आगजनी गरेको र पछाडिको भागमा सामान्य क्षति भएको छ । क्षति भएको गाडी प्रहरी चौकी कोल्हवामा नियन्त्रणमा ल्याइ राखेको र घटना अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...