कावासाेती १७ मा खानेपानी निर्माण शुरू
शालिकराम भट्टराई
कावासोती नगरपालिका वडा नम्बर १७ मा खानेपानीका लागि बाेरिङको सिलान्यास गरिएको छ ।
नवलपुर क्षेत्र न २ का सघीय सांसद तिलक महतले बाेरिङ्गकाे शिलान्यास गर्दै यो खानेपानी संचालनसंगै स्थानीयले शुद्ध पानी पिउन पाउने बताए । नवलपुर २ को बिकासमा आफू सधैं प्रतिबद्ध रहेको समेत उनले बताए।

गण्डकी प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको आर्थिक बर्ष २०७५/७६ को ७५ लाख र अार्थिक बर्ष २०७६/७७ को ६४ लाख गरि जम्मा १ करोड ३९ लाखको लागतमा बोरिङ निर्माण सुरु गरिएको कावासोती १७ का वडा अध्यक्ष छबिलाल महतोले बताए।
उपभोक्ताको माग अनुसार खानेपानीको क्षमता बिस्तार गर्दै लैजाने समेत अध्यक्ष महतोले बताए। स्वच्छ र शुद्ध खानेपानीको अभावमा इनार, टयुबेल र खोलाको मुलको पानी खान बाध्य स्थानीय खानेपानीको निर्माणसंगै निकै खुशी भएका छन । खानेपानी २ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कावासोती १७ मा १६ सय घर धुरी रहेका छ्न ।