भारतसँग वेष्ट इन्डिज १२५ रनले पराजित


 



कावासोती । आइसिसी क्रिकेट वर्डकप २०१९ को विहीबार राति भएको खेलमा भारत १ सय २५ रनले विजयी भएको छ ।
वेष्ट इन्डिजसँगको खेलमा भारतले १ सय २५ रनको फराकिलो जित निकालेको हो ।
जितसँगै भारत सेमीफाइनलको यात्राको नजिक पुगेको छ ।




भारत अहिले दोस्रो स्थानमा रहेको छ । ६ खेल खेलिसकेको भारत ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने सात खेल खेलिसकेको अष्ट्रेलिया १२ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
टस जितेर व्याटिङ्ग रोजेको भारतले निर्धारित पचास ओभरको खेलमो पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ६८ रन जोडेको थियो ।
भारतका लागि भारतीय टिम क्याप्टेन विराट कोहलीले सर्वाधिक ७२ रन लिए । त्यस्तै एमएस धोनीले नटआउट रहँदै ५६ रन जोड ।
२ सय ६९ रनको लक्ष्य पक्ष्याएर मैदानमा उत्रिएको वेष्ट इन्डियजले ३४ दशमलब २ ओभरमा अलवाउट हुँदै जम्मा १ सय ४३ रन जोडन सफल भयो ।



सम्बन्धित
Loading...