पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी


 



नवलपरासी, १३ असार ।
नेपाल पत्रकार महासंघ नवलपुरको शाखा कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको आर्थिक पारदर्शिता गर्न नसकेको लगायतका माग राख्दै नवलपुरका पत्रकार संगठनहरु आन्दोलित भएका छन् । सोही क्रममा शुक्रबार नेपाल पत्रकार महासंघ नवलपुर शाखा कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ नवलपुर विरुद्ध आन्दोलन थालेको छ ।
उनीहरुले नेपाल पत्रकार महासंघ नवलपरासीको संयुक्त साधारण सभाले पास गर्न नसकेको आर्थिक प्रतिवेदन पुन छलफलमा नल्याएको, नयाँ सदस्यता, सदस्यता शुद्धिकरण, सदस्यता शुल्क, आर्थिक पारदर्शिता लगायतको विषयमा नवलपुरमा रहेका पत्रकारहरुको पेशागत संगठनहरु सहितको कार्यदल बनाएर टुंग्याउनु पर्नेमा जोड दिएका छन् ।
यस अघि क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले लगाइदिएको ताला प्रहरी लगाएर फोडेको थियो ।




नवलपुरका पत्रकारहरुको धर्ना

 



सम्बन्धित
Loading...