समुह अनुसार हेर्नसहोस

समाचार

अरुणखोला नेवाः गुठीलाई १ करोड ३० लाखको सामुदायिक सभाहल हस्तान्तरण

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा निर्माण गरिएको सामुदायिक सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। करिब एक करोड ३० लाखको लागतमा निर्माण सम्पन्न भएको यो सभाहलको समुद्घाटन नगर प्रमुख भीमलाल अधिकारीले गर्नुभयो।…

नवलपुरमा सर्पदंशका कारण २ जना विरामी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ सिर्जना टोल निवासी २० बर्षीय सुमित परियार सर्पदंशका कारण विरामी परेका छन् । सुमित परियारलाई घर नजिकै…

नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् । आज विहान…

कावासोतीमा एक जना महिला मृत फेला

नवलपुर । नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् । उनका सनाखत हुन नसकेको…

त्रिवेणीमा एक जना पुरुषको शव फेला, भोटेकोशीमा वेपत्ताको हुन सक्ने आशंका

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलुरका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५ बर्षीय पुरुषको शव फेला…

दाउन्नेको सडक दुई तर्फी खुल्यो 

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड भासिएर अवरुद्ध सडक सञ्चालनमा आएको छ । सडक मर्मत गरी साढे ११ बजेदेखि सञ्चालनमा आएका नवलपुर प्रहरीले जनाएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक…

हसौराको जग्गा लाजसाजी पूर्ण तरिकाले लिने भूमाफियालाई कालोमोसो दल्ने पक्राउ

नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीले बर्षौदेखि जोतभोग गर्दै आएको विघौविगाहा जग्गा लाजसाजी पूर्ण तरिकाले आफनो नाममा गराउन क्यूप्रसाद बस्याललाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरौसाको करिब ७० विगाहा जग्गा…

नवलपुरमा विभिन्न घटनाका दोषी फरार ४ जना पक्राउ

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न घटनामा दोषी फरार ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका नवलपुरका ४ जनालाई पक्राउ गरिएको हो ।…

नवलपुरमा बलेरो र स्कार्पियो ठक्कर खाँदा ९ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको वियनी त्रिवेणी गाउँपालिका १ गुम्बा नजिक पूर्वपश्चिम राजमार्गमा स्कार्पिया र बलेरो एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना मध्यम र १ जना सामान्य…

विभिन्न अपराधिक घटनामा सम्लग्न भई फरार ७ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरका विभिन्न अपराधिक घटनाका सम्लग्न रही फरार रहेका ७ जना अभियुक्त नवलपुर प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार उनीहरु जबरजस्ती करणीदेखि…