समुह अनुसार हेर्नसहोस

समाचार

लैंगिक हिंसा विरुद्ध जीवन ज्योतिका विद्यार्थीले निकाले सचेतना र्याली

नवलपुर । नवलपुरको कावासोती ३ जीवन ज्योति माविका विद्यार्थीहरुले आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना र्याली निकालेका छन् । जीवन ज्योति माविका शिक्षक दीपक सुवेदीका अनुसार विद्यालयका कक्षा ६ देखि ९ सम्मका…

दुम्किबासबाट नवलपुर पाल्पा जोड्ने बाटो स्तर उन्नती

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र पाल्पा जिल्ला जोड्ने सडक स्तरोन्नति कार्य सुरु भएको छ । विनयी त्रिवेणी गाउँपालिका पाँचमा पर्ने धुर्कोट – ओखरीगौडा हुँदै पाल्पा जोड्ने सडक, तीन करोड बढीको लागतमा स्तरोन्नति हुन लागेको हो ।…

मोटरसाईकल दुर्घटनामा मृत्यु

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको गैंडाकोट नगरपालिका ४ ईट्टा भट्टी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको मोटरसाइकल…

जेसिज सप्ताह अन्तरगत वृद्धाश्रममा खाद्यान्न वितरण

नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । जेसिज सप्ताह अन्तरगत आज कावासोती १२ मा रहेको लक्ष्मी नारायण वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले बताए ।…

दुर्गा प्रसाइका रिहाइको माग गर्दै कावासोतीमा र्याली

नवलपुर । प्रधानमन्त्री केपी शर्माले कम्बोडियाको टेलिकममा लगानी गरेको अभिव्यक्ति दिएपछि पक्राउ रेको दुर्गा प्रसाइको रिहाइको माग गर्दै उनका समर्थकहरुले आज नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन् । कावासोतीमा र्याली सहित प्लेकार्ड बोकेर…

नवलपुर जेसिजको जेसिज सप्ताह अन्तरगत वित्तीय साक्षरता कक्षा सञ्चालन

नवलपुर । नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत आज वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । जेसिज सप्ताह अन्तरगत आज जनता मावि कावासोती ६ विष्णुनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले…

शिक्षक विद्यार्थी प्रतिभा छनौटमा देवचुलीकी कृष्णाकला काफ्ले र कावासोतीकी सस्कृति पौडेल प्रथम

नवलपुर । सामाजिक विकास कार्यालय नवलपुरको आयोजनामा आज कावासोतीमा वक्तित्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा नवलपुरका ८ पालिकाबाट छनौट भएर आएका शिक्षक र विद्यार्थीहरु प्रतियोगिहरुले भाग लिएका थिए । शिक्षक विद्यार्थी प्रतिभा छनौट…

परासीमा ब्राउन सुगर सहित १ जना नियन्त्रणमा

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाबाट प्रहरीले १ जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार रामग्राम नगरपालिका वडा नं. १२ पचगांवा बस्ने वर्ष ३५ को…

दुर्घटना रोक्न कावासोतीको खरकट्टा जंगलमा स्वस्ती शान्ति र श्रीमद् भागवत् पूजा

नवलपुर । नवलपुरमा सडक दुर्घटना भइ अकालमा ज्यान गुमाएकाहरुका लागि पितृ उद्धार, एकदिने स्वस्ति शान्ति, भागवत पाठ पारायण तथा लक्ष्य बर्ति प्रज्वलन गरिएको छ । लालिगुराँस आमा समूहको आयोजनामा दुर्घटना ग्रसत क्षेत्र कावासोतीको खरकट्टा जंगलमा…

हिंसा न्यूनीकरणका लागि कानुनी सचेतना आवश्यक

कावासोती, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कावासोती नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरिन्छ । यो…