समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ…

कावासोतीमा एमालेको जित

पूर्वी नवलपरासीको कावासोतीको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । कावासोती नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कावासोती नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसाल र उपप्रमुखमा फुलकुमारी थनेत विजयी भएका…

खैरहनी; स्थानीय तहकाे नेतृत्वमा माओवादी केन्द्र शून्य !

नेकपा (माओवादी केन्द्र) चितवनको खैरहनी नगरपालिकाको स्थानीय तहको नेतृत्वमा शून्य देखिएको छ । खैरहनी नगरपालिकामा कुल १३ वटा वडा छन् । खैरहनीमा नेपाली कांग्रेससँग गठबन्धन गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको माओवादी…

कपिलवस्तुको बाणगंगामा एमाले विजयी, अर्याल बने मेयर

कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका…

भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका…

गोरखामा स्वतन्त्र उम्मेदवार : जसले अरूको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए ।…

गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा…

गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच क डाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार…

लोकप्रिय मतसहित सुनिता डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतसहित अग्रता कायम गरिरहेकी छिन् । डंगोलले १९ हजार मत कटाएकी छन्। बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन्।…

१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित

ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष पदमा ८१ वर्षीय नरसिंह व्यञ्जनकार विजयी हुनुभएकाे थियाे। तर यसपटक भने उहाँ पराजित हुनुभएको हाे । २०७९ सालको स्थानीय तह निर्वाचनमा ११औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा…