खेम चौधरीको म्युजिक भिडियोमा मुकुन्द, वीर र अञ्जुले गरे मस्ती–मस्ती


राम अवतार चौधरी –




कपिलवस्तु, ७ असोज ।

चर्चित गायक खेम चौधरीको सुमधुर स्वरमा रहेको मस्ती मस्ती नामक म्यूजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।




सो म्यूजिक भिडियो थारु भाषामा रहेको छ भने सार्वजनिक खेम चौधरी नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सावन मर्चाहको शब्द संगितमा रहेको म्युजिक भिडियोमा मुकुन्द जि.सी, वीर चौधरी र अञ्जु कुस्मीको अभिनय रहेको छ ।

सुधाराम दहित डाइरेक्टरमा रहेका छन् भने क्यमरा मेन महेश कुमार रहेका छन् । त्यस्तै मेकअपमा आशा चौधरी रहेकी छन् ।

त्यसैगरी नेपालकै रमणीय स्थानहरुमा छायाँकन गरिएको निर्माता पक्षले दावी गरेका छन् । साथै श्रोताहरुले निकै रुचाइदिने कलाकारले आशा समेत गरेको बताईएको छ ।

यस मस्ती मस्ती म्युजिक भन्दा पूर्व गायक खेम चौधरी भने दर्जनौँ गीत निकालि सकेका छन् । यस्तै मुकुन्द जि.सी भने जान तोहार नाउँमा चर्चामा आएका हुन् भने वीर चौधरी थारु गीत संगीतका अग्रा पंक्तीमा रहेका दर्जनौँ थारु म्युजिक भिडियो देख्न सकिन्छ र साथै अञ्जु कुस्मीले भने फूलकुमारी गीतबाट भने झनै चर्चा परिचर्चाको बिषय बनेकी हुन् तर यस अघि पनि उनी थुप्रै म्यूजिक भिडियोमा समेत निकै चर्चा कमाई सकेका छन् ।




सम्बन्धित
Loading...