साहित्य परिषद नवलपरासीको ३९औ साहित्यिक घुम्ती श्रृंखला

136

  • जनक पान्डेय  –


नवलपरासी । साहित्य परिषद नवलपरासीले आफ्नो ३९औं मासिक घुम्ती श्रृंखला सुनवल १३ बडेरा स्थित मोतिलाल बहुमुखी क्याम्पसको सभाहलमा भएको छ ।
परिषदका अध्यक्ष डा.श्याम प्रसाद न्यौपानेको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सस्थाहरुमा क्रियाशील रहेका स्रष्टाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममामा लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष अर्जुन पाण्डे, विश्व सरसफाइ महाअभियानका प्रदेश नम्वर ५ का अभियन्ता समीर परियार, गोजुकाइ कराँते संघका सचिव अनिल परियार लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा जनक पान्डेय प्रेमिल, राजेन्द्र पन्थ, चिरञ्जीवी पौडेल, गंगाधर पाण्डे, विनोद चौधरी, सीता प्रसाईं, दिनेश पाठक, प्रभात चौधरी, कपिलदेव पंगेनी, तिलक भट्टराई, रामहरी अधिकारी, भविष्वर पराजुली, दीर्घनाथ गौतम, गोबद्र्धन तिवारी लगाएर दुई दर्जन भन्दा बढी स्रष्टाहरुले आफ्नो रचना वाचन गरेका थिए ।
डा.श्याम प्रसाद न्यौपानेको समिक्षा कतिपय कृति आगामी ४०औ मासिक घुम्ती श्रृंखलाको कार्यक्रम सुनवल १२ भुमही स्थित ज्ञान ज्योती एकेडेमीको सभाहलमा लुम्बिनी वाङ्मय प्रतिष्ठान नवलपरासी संगको सहकार्य गरि संयुक्त रुपमा गरिने बताइएको छ ।
कार्यक्रमको सञ्चालन यसै परिषद्का सचिव यमजित मल्लले गरेका थिए ।

You might also like
Loading...