अभिनेत्री रिया चक्रवर्तीलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकार

129







बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँग जोठिएको लागुऔषध काण्डमा अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शौविकको जमानतको निवेदन अदालतले खारेज गरेको छ ।

रिया र शौविकका साथै अब्दुल बासित, जैद विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डालाई पनि जमानत दिन अदालतले अस्वीकार गरेको छ ।

अब अभियुक्तले आगामी साता पुनः जमानतका लागि अपिल गर्नेछन् । रिया चक्रवर्ती मुम्बईस्थितको भायखला जेलमा रहेकी छन् ।

रियाको जमानत निवेदन खारेज भएपछि उनका वकिलले मुम्बई उच्च अदालतमा पुनः निवेदन दर्ता गर्ने तयारी छन् । रियासहित ६ जनाको जमानत निवेदन खारेज गर्दै रिह ागर्न अनुसन्धान प्रभावित हुनसक्ने जनाएको छ ।

You might also like
Loading...