नवलपुरमा आज १८ जना संक्रमित थपिए

232







नवलपुर । पूर्वी नवलपरासीमा बिहीबार १८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ८२६ पुगेको छ ।
विहीबार नवलपुरमा भरतपुरको चितवन मेडिकल कलेजबाट ८ जना, क्यान्सर अस्पतालबाट १ जना र पोखराबाट ९ गरी १८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
विहीबार थपिएका १८ जना मध्ये गैडाकोटका ८ जना, देवचुलीका १ र कावासोतीका ९ रहेका छन् ।

नवलपुरमा अहिलेसम्म कोरोनाका कारण ६ जना निधनको निधन भएको छ भने विहीबार निको भएका ८३ जना सहित नवलपुरमा ५ सय ४४ निको भएका छन् ।
नवलपुरमा विहीबार थपिएका नयाँ संक्रमित १८ जना सहित २ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये रजहरमा ६५ जना उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशन र भरतपुरका विभिन्न अस्पतालमा उपचाररतको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

You might also like
Loading...