नवलपुरमा विहीबार ८३ जनाले कोरोना जिते

641












नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ८३ जनाले कोरोना विरुद्धको लडाई जितेका छन् ।
रजहर प्राकृतिक चिकित्सालयमा उपचाररत ८३ जना विहीबार पिसिआर रिपोर्ट नेगेटिभ आएको रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए । उनीहरुलाई विहीबार नै डिस्चार्ज गरिएको छ ।


विहीबार कावासोतीका १० जना, विनयी वित्रेणीका २५, गैडाकोटका १३, मध्यविन्दुका ५, देवचुलीका २६ र हुप्सेकोटका १ जना निको भएका छन् ।
त्यसैगरी रजहरमा उपचाररत बारा कलैयाका १ जना, चितवन भरतपुर महानगरपालिकाका १ जना र झापा भद्रपुरका १ जना पनि निको भएका छन् । रजहरबाट अहिलेसम्म ५ सय २७ जना निको भएर फर्किएका छन् । भने अझै रजहरमा मात्रै ६५ जना उपचाररत रहेका छन् ।

 



You might also like
Loading...