प्रेम गरेर दोस्रो विवाह गरेकी रुबीको श्रीमानबाट हत्या १

0 23







जनकपुरधाम  प्रेममा परेर दोस्रो विवाह गरेकी एक महिलाको श्रीमानबाटै हत्या भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीकी २५ वर्षिया रुबी शर्मा ठाकुरको हत्या भएको हो। हत्या गर्ने श्रीमान संजय यादव फरार छन्।

पारिवारिक विवादका कारण कुटपिट गरेर संजयले श्रीमती रुबीको हत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए।

उनका अनुसार संजयले शुक्रबार साँझ निर्घात कुटपिट गरी बेहोस बनाएका थिए। पछि चिकित्सक बोलाएर उपचार गराउन खोजे। तर उपचार गर्दागर्दै रुवीको मृत्यु भयो।

रुबीको शरीरमा चोट लागेको नदेखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए। उनले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कसरी हत्या गरेको विषय खुल्ने जनाए।

स्थानीयले भने छातीमा ढुंगा प्रहार गरेर रुबीको हत्या गरेको बताएका छन्। ‘अत्याधिक मदिरा सेवन गर्ने संजय शुक्रबार साँझ पनि मदिरामा मातेको थिए’, स्थानीय एक महिलाले भनिन्। रुबीले प्रेममा परी भागेर ५ वर्ष अघि संजयसँग बिहे गरेकी थिइन्।

रुबीले केहिदिन अगाडी सुनको गहना बेचेकी थिइन्। सुन बेचेको कुरा श्रीमान संजयले थाहा पाएपछि रुपैयाँ माग्न थालेका थिए। तर रुबीले रुपैयाँ दिन मानिन्। सोही कारण विगत तीन दिन अगाडिदेखि रुबीलाई याता दिदै आएको थियो। शुक्रबार साँझ पनि रुपैयाँ मागेको र नदिएको झोकमा कुटपिट गरी रुबीको हत्या गरेको उनका भाइ बिनोद शर्माले जानकारी दिए।

धनुषाकै मिथिला विहारी नगरपालिका ७ का रामप्रगास शर्माकी छोरी रुबीको ६ वर्षअघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुरसँग भएको थियो। तर बिहेको एकवर्ष नबित्दै संजय ठाकुरलाई छाडेर भागिन् र लक्ष्मीनियाका संजयसँग प्रेम विवाह गरेकी थिइन्। रुबीले पहिलेको श्रीमान छाडेदेखि माइतसँग पनि सम्बन्ध बिग्रेको थियो।

You might also like
Loading...