नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिता: चारदिनको खेल सकिँदासम्म बुलिङटार र विनयी सेमीफाइनलमा

0

कावासोती । कावासोती नगरपालिका ३ पुरानो कावासोतीको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चार दिनको खेल सकिँदासम्म बुलिङटार र विनयीले अग्रता कायम गरेको छ ।
लिग चरणमा समूह ए र समूह बीमा रहेको सबै टिमले ३÷३ खेल खेल्नेमा २÷२ खेल खेलिसकेको छ । दुवै खेलमा जित निकालेका समूह एको विनयी चेइसर्सले ४ अंक बटुलेको छ । त्यस्तै गरी समूह बीमा रहेको बुलिङटार बुल्र्सले पनि दुई खेल खेलेकोमा दुवै खेलमा जित निकाल्दै ४ अंक बटुलेको छ । ४÷४ अंक बटुलेको बुलिड्डटार र विनयीले दोस्रो चरणको प्रवेश लगभग पक्कापक्की गरेको छ।
त्यस्तै गरी समूह ए मा रहेको कावासोती मरुन्सले २ खेलमा एक जित निकाल्दै २ अंकका साथ रन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ भने कावासोतीसंग समान २ अंक रहेको हुप्सेकोट फायरब्याट्स रन रेटको आधारमा तेस्रो स्थानमा रहेको छ। कावासोती दोस्रो चरणमा पुग्न भोलि विनयी चेइसर्सलाई जित्नै पर्ने बाध्यता रहेको छ । दुवेचली स्माचर्स दुई खेलमै पराजित भएर लिग चरणको खेलबाट बाहिरिसकेको छ।
त्यसैगरी समूह बी मा रहेको गैडाकोट वारिअर्स दुई खेल मध्ये एक खेलमा जित निकाल्दै रन रेटको आधारमा समूह बीचको दोस्रो स्थानमा रहेको छ। समूह बी मा गैडाकोटसंगै समान दुई अंक रहेपनि रनरेटको आधारमा बौदीकाली स्टार्स तेस्रो स्थानमा रहेको छ भने दुवै खेल हारेको मध्यविन्दु च्यालेन्जर्स शून्य अंकका साथ समूह बी को अन्तिम स्थानमा रहेको छ । समूह बीमा रहेको मध्यविन्दु लिग चरणको खेलबाट लगभग बाहिरिएको छ ।




अहिले कावासोती मरुन्स विरुद्ध विनयी र हुप्सेकोट फायर ब्याक विरुद्ध देवचुली स्माचर्स भिड्दै छ ।
प्रतियोगिता राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको हो। प्रतियोगितामा नवलपुर जिल्लामा रहेको ८ स्थानीय तहका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता लिगको आधारमा खेलाइएको छ। प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनले ४० हजार नगद पुरस्कार पाउने छन्। समूह एको विजेता र समूह बीको उपविजेताबीच र समूह बी को विजेता र समूह ए का उपविजेताबीचको सेमीफाइनलबाट विजयी हुनेबीच फाइलन खेल हुनेछ।




सम्बन्धित
Loading...