नवलपुर प्रिमियर लिगः समूह ए बाट विनयी र कावासोती सेमीफाइनलमा प्रवेश

0

कावासोती, ११ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समूह ए बाट विनयी र कावासोती दोस्रो चरणमा प्रवेश गरेको छ ।
समूह ए मा रहेका ४ टिमको लिग चरण सकिंदा देवचुली बाहेक अन्य ३ टिमले ३ खेलमा दुई दुई खेल जित्दै समान ४ अंक बटुले पनि रन रेटको आधारमा विनयी चेइसर्स र कावासोती मरुन्सले दोस्रो चरणका लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।
विनयी समूह ए को विजता र कावासोती उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै समूह बी बाट २ खेलमा दुई खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा रहेको बुलिङ्गटार बुल्स लगभग दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।





समूह ए अन्तरगतको लिग चरणको आज भएको अन्तिम खेलमा कावासोती र हुप्सेकोट विजयी भएको छ ।
आज भएको पहिलो खेलमा कावासोती मरुन्स विनयी चेइसर्ससँग ५१ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको कावासोतीले २० ओभरको पुरै खेल खेल्दै ७ विकेटको क्षतिमा १ सय ३० रन जोडेको थियो ।
१ सय ३१ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको विनयीले १९ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन जोडेको थियो ।
पहिलो खेलमा कुनाल बस्नेत म्यान अफदि म्याच भएका थिए । उनले ९ बलमा २३ रन जोडका थिए भने ३ ओभर खेल्दै २१ रन दिएर २ विकेट लिएका थिए । आजको खेलमा कावासोती हारे दोस्रो चरणमा प्रवेश पाउने थिएन ।
त्यस्तै दोस्रो खेलमा हुप्सेकोट फायर ब्याक ७ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ्ग गरेको देवचुली स्माचर्सले १७ ओभरमा १० विकेट गुमाउँदै ७१ रन जोडेको थियो । ७२ रनको लक्ष्य पाएको हुप्सेकोटले ७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
दोस्रो खेलमा हुप्सेकोटका हिमांशु शाही म्यान अफदि म्याच भएका छन् । उनले ४ ओभर खेल्दै ४ रन दिएर १ म्याडेन सहित ५ विकेट लिएका थिए ।


त्यसै भोलि सोमबारको खेल गैडाकोट वारिअर्स र बुलिङ्गटार बुल्सबीच पहिलो खेल हुने छ भने दोस्रो खेल बौदीकाली स्टार्स र मध्यविन्दु च्यालेन्जर्स बीच हुने छ ।
आयोजक संस्था राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।
प्रतियोगिता राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको हो। प्रतियोगितामा नवलपुर जिल्लामा रहेको ८ स्थानीय तहका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता लिगको आधारमा खेलाइएको छ। प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनले ४० हजार नगद पुरस्कार पाउने छन्। समूह एको विजेता र समूह बीको उपविजेताबीच र समूह बी को विजेता र समूह ए का उपविजेताबीचको सेमीफाइनलबाट विजयी हुनेबीच फाइलन खेल हुनेछ।







सम्बन्धित
Loading...