सामुदायिक वनको हिसाबकिताब सार्वजनिक गर्न उपभोक्ताको माग

0 55







कावासोती, ११ कार्तिक । जनकल्याण सामुदायिक वन उपभोक्ता समिति कावासोती १ नवलपुरले गरेको आम्दानी खर्च सार्बजनिक गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

आइतबार कावासोतिमा पत्रकार सम्मेलन गर्दै उपभोक्ताहरुले वन समिति एकलौटी रुपमा चलेको भन्दै उनीहरुले समितिबाट भए गरेका कामकारबाहीका बिषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

सूचना पाउने प्रत्येक नागरिकको अधिकार रहेकाले उपभोक्ताहरुले पटक पटक सूचना माग गर्दा पनि समितिले बेवास्ता गरेको पत्रकार सम्मेलनमा उपभोक्ता डोल राज गैह्रेले आरोप लगाए । गैह्रेसहित ७ जनाले गत असोज ७ गते डिभिजन वन कार्यालय कावासोती र वडा कार्यालयमा सूचना उपलब्ध गराउन माग गरेपपनि कुनै सुनुवाइ नभएको भन्दै पत्रकार सम्मेलन गर्नुपरेको बताए ।

वन कार्यसमितिले साधारण सभाको निर्णयबिना एकलौटी ढंगबाट चलेको उपभोक्ताहरुको आरोप छ । उनीहरुले वार्षिक कार्यक्रम र बजेटबाट तय गरिएको कार्यक्रम नगरी साधारण सभाको निर्णय विपरित अन्य शिर्षकमा छुट्याइएको बजेट कटौती गरि भवन निर्माणलाई मात्र प्राथमिकता दिई एउटै शिर्षकमा बढी रकम खर्च गरिएको आरोप लगाएका छन् ।

सामुदायिक वन उपभोक्ता समूह आर्थिक कार्यविधि निर्देशिका २०७३ विपरित वन विकासमा २५ प्रतिशत र लक्षितवर्गलाई छुट्याइने ३५ प्रतिशत रकम अन्यन्त्र शिर्षकमा रकमान्तर गर्न नपाईने भनी उल्लेख भएपति त्यो विपरित समिति गएको उनिहरुको भनाई छ ।

You might also like
Loading...