एएफसी यु-१९ वुमन च्याम्पियनसीप- पाकिस्तानकाे गाेलपाेष्टमा नेपालकाे ९ गाेल, निशाकाे ह्याट्रिक

0

कार्तिक, ११ । पाकिस्तानविरुद्ध ९-० को एकपक्षीय सहज जीत निकाल्दै नेपालले एएफसी यु-१९ च्याम्पियनसीप छनोटको दोस्रो चरण नजिक पुगेकाे छ। समूहको अन्तिम खेलमा पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्न नेपालकी निशा थोकरले ह्याट्रिक गरिन् ।




पूजा रानाले २ गोल तथा मन्जली कुमारी, अलिसा जिम्बा, सम्झना लावती र कप्तान सरु लिम्बूले समान १-१ गोल गरे । थाइल्याण्डकाे चोनबुरी रंगशालामा खेल शुरु भएको २ मिनेटमा गोल गर्दै मन्जलीले नेपाललाई अग्रता दिलाएकी थिइन् । मन्जलीले टोलीलाई दिलाएको अग्रता खेलको ३१ औं मिनेटमा सम्झना लावतीले दोब्बर बनाइन् ।

लगत्तै ५ मिनेटपछि अलिसा जिम्बाले नेपालको अग्रता ३-० मा पुर्याएकी थिइन् ।  दोस्रो हाफमा निशा थोकर ह्याट्रिक गर्न सफल भइन् । ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेकी उनले ७४ औ मिनेटमा व्यक्तिगत दोस्रो तथा ५७ औं मिनेटमा पहिलो गोल गरेकी थिइन् ।




खेलको अन्तिमतिर कप्तान सरु लिम्बूले १ गोल गरेसँगै नेपालले पाकिस्तानलाई ९-० को गोलअन्तरले पराजित गरेको हो । अब समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरे नेपालको दोस्रो चरण पुग्ने सम्भावना बलियाे हुनेछ ।




सम्बन्धित
Loading...