नवलपरासीमा धानको खराईमा अज्ञात समूहद्वारा आगजनी

0 25







नवलपरासी, १२ कात्तिक ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बेलुवामा गएराति अज्ञात समूहले स्याहार्न ठिक्क पारेर राखेको धानको खराईमा आगजनी गरिदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगजनीबाट १५ कठ्ठा खेलको झण्डै ४५÷५० मुरी धान आउने धान क्षति भएको छ ।
हुप्सेकोट १ बेलुवाका तिलाराम लम्सालको धानको आगजनी भएको हो । गएराति आजगनी भएको र प्रहरीलाई विहान मात्र खबर आएको प्रहरीले जनाएको छ ।
धान काटेर थ्रेसर लगाउनका लागि ठिक्क पारेर राखिएको धानमा आगो लगाइदिएका हुन् ।
आगो लगाइदिने समूहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...