साथीलाई लखेटी लखेटी हत्या गर्ने ५ जना कारागार चलान

0 84







दाउन्ने न्यूज ।
नवलपरासी, १२ कात्तिक ।
नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका १ मा असोज ३ गते राति साथीलाई लखेटी लखेटी कुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गर्ने ५ जनालाई कारागार चलान गरिएको छ ।
मादकपदार्थ सेवन गरी पांच जना मिलेर लखेट्दै कुटपिट गरी धारिलो हतियार प्रहार गरी विनयी त्रिवेणी २ का १९ बर्षीय रुपेश महतोको हत्या गरेका थिए ।
विनयी त्रिवेणी २ दुम्किबास ज्यामिरे निवासी १९ बर्षीय मनोज जमरकट्टेल, सोही ठाउँका २१ बर्षी सुरज काउसा मगर, २२ बर्षीय दिपेन रोक्का मगर, १९ बर्षीय सागर थापा क्षेत्री र सन्तोष बुढा मगर सहित ५ जनालाई पुरपक्षको लागि भरतपुर कारागार चलान भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उनीहरुलाई पक्राउ गरी अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय नवलपुरमार्फत नवलपुर जिल्ला अदालत पेश गरिएको थियो ।
अदालतले पक्राउ परेका ५ जनालाई नै पुरपक्षका लागि कारागार चलान आदेश दिए बमोजिम भरतपुर कारागार चलान गरिएको हो ।
क्रशर उद्योगमा काम गर्ने क्रममा विवाद भएपछि सोही विवादलाई लिएर उनीहरुबीच झगडा भएकोमा रातको समयमा कुटपिट गरिएको थियो । आक्रमणबाट घाइते रुपेश महतोको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको थियो ।

फाइल भिडियो

You might also like
Loading...