बर्दघाटमा फर्निचर उद्योगमा आगलागी

0 51







नवलपरासी, १३ कात्तिक ।

पश्चिम नवलपरासीको बर्दघाटमा फर्निचर उद्योगमा आगलागी हुंदा डेढ करोड भन्दा बढीको क्षति भएको छ ।

बर्दघाटमा रहेको जय बुद्ध सिसा, प्लाई तथा फर्निचर उद्योगमा विहान पौने ९ बजेको समयमा आगलागी भएको  हो । आगलागीका कारण फर्निचर उद्याग पूर्ण रुपमा ध्वस्त भएको छ । फर्निचर उद्योगकै कम्पाउण्ड भित्र राखिएको कार समेत जलेर पुर्ण क्षति भएको छ ।

उद्योगमा केकति कारणले आगलागि भएको हो अहिलेसम्म खुल्न नसकेको र क्षतिको विवरण आईसकेको छैन । आगलागि नियन्त्रणका  लागि स्थानिय , नपाल प्रहरी र शसस्त्र प्रहरी खटेको थियो ।

नजिकै दम्कल नभएका कारण आगलागि समयमा नियन्त्रण हुन नसकेको स्थानियको भनाई छ । आगलागि भएको करिव १ घण्टा पछि मात्र रामग्राम नगरपालिकाको दम्कल आएकोथियो । आगलागि  भएको करिव २ घण्टामा आगलागि नियन्त्रणमा आएको हो ।

दम्कलले आगो नियन्त्रणमा लिए  पनि उद्योग पुर्ण रुपमा क्षति भएको छ भने उद्योग रहेको भवन समेत भत्किएको छ । उद्योगमा आगलागिका कारण १ करोड ६० लाख बराबरको क्षति  भएको जय बुद्ध सिसा, प्लाई तथा फर्निचर उद्योगका संचालक राजु पाण्डेले बताए । क्षतिको यकिन विवरण निकाल्ने काम भैरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

तस्वीरहरू: प्रेमचन्द राैनियार

 

You might also like
Loading...