कात्तिक १५ बाट राइनो संरक्षण गोल्ड कप हुँदै (तालिका सहित)

0

नवलपुर । नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता कात्तिक १५ बाट हुँदैछ ।




प्रतियोगिता कात्तिक १५ गतेदेखि कात्तिक २९ गतेसम्म हुने भएको छ ।




प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । राईनो कपको खेल मैदानमा संचालनमा हुने उद्घाटन खेल आयोजक विरुद्ध रुपन्देही ११ बीच हुने नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए। प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् । आयोजकले कुल १२ टिमलाई दुई समूहमा विभाजन गरेको हो ।

कात्तिक २९ गते फाइनल खेल हुने अध्यक्ष भण्डारीले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुनेले नगद ४ लाख ९९ हजार ५ सय ५५ का साथ आन्र्तरीक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागी रु ५१ हजार रुपैया र द्वितीय हुनेले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार सहित प्रमाण पत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्स वापत प्रति खेल ३ हजारका दरले उपलब्ध गराइनेछ । गैडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाहरुको सहभागिता बढाउने, खेलकुद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्ने लगायतका उद्देश्य राखेर प्रतियोगिताको आयोजना गरिएको हो।




सम्बन्धित
Loading...