२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

0 58







सिरहा, १३ कात्तिक । नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अख्तियार टोलीले चौधरीलाई घुसवापत दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

You might also like
Loading...