भैसीपालनबाट मासिक डेढ लाख बढी कमाई

0

कमल कुवँर ।।
नवलपरासी, १४ कात्तिक ।




नवलपरासीको कावासोतीमा एक जना महिला कृषकले भैसीपालनबाट मासिक डेढ लाख सम्मको आम्दानी गरेकी छिन् ।
काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका पत्रकार नारायण पंगेनी र उनकी श्रीमती संगिता तिमिल्सिनाले ६ महिना भन्दा अगाडिबाट भैसी पालन शुरु गरेका हुन् ।
नवलपरासीमा युवाहरुको पशुपालन, गाईपालन, तरकारी खेती जस्ता कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढ्दो रहेको छ ।
अनु कृषि तथा पशुपालन फारम नै दर्ता गरेर संगिता र नारायण पंगेनीले भैसी पालन गर्दै आएका छन् ।
शुरुमा १० वटा भैसी राखेर भैसीपालन गरेकोमा दुध बेचेर मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने गरेको अनु कृषि तथा पशुपालन फारमकी सञ्चालक संगिता तिमिल्सिनाले बताइन् ।





उनले काठमाडौंको बसाई भन्दा गाउँको बसाई राम्रो भएको र पशु पालनबाट राम्रो आम्दानी भएको सुनाइन् ।
नवलपरासीको अमरापुरी गैडाकोट कावासोती दुध उत्पादनका लागि राम्रो क्षत्र मानिन्छ । नवलपरासीबाट उत्पादित दुध जिल्लाको बजारमा खपत भएर बुटवल, नारायणगढ, पोखरा, काठमाडौं लगायतका बजारमा पनि निर्यात हुने गर्दछ ।
पछिल्लो समय विदेशबाट फर्किएर आएका कतिपय युवाहरु समेत पशुपालन तथा कृषि पेशामा आकर्षित भएका छन् ।




सम्बन्धित
Loading...