राइनो गोल्डकपको उद्धाटन खेलमा रुपन्देही र आयोजक नवलपरासी ११ भिड्ने

0




नवलपरासी १४, कात्तिक ।
नवलपरासीको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा विगत १५ बर्ष देखी संरक्षित एक सिंगे गैंडाको संरक्षणका लागि आयोजना गरिने राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।


बिहिबारदेखि हुने खेलको उद्धाटन प्रतिनिधि सभा सदस्य तिलक महत क्षेत्रीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा आयोजक नवलपरासी-११ र रुपन्देही -११ बिच प्रतिस्पर्धा हुने खेल सयोजक एवं अखिल नेपाल फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।
खेलमामा विभागीय टिम एपिएफ र नेपाल पुलिस क्लबसहित ए डिभिजनका ६ टिमले सहभागीता जनाउने पुनले बताउनुभयो । प्रतियोगिता अन्तर्गत १६ गते एन. आर. टि. र सरस्वती क्लव, १७ गते विरगन्ज युथ क्लव र कास्की ११, १८ गते च्यासल युथ क्लव र व्वाइज युनियन क्लव, १९ गते नेपाल पुलिस क्लव र सि. एम. जि. संकटा बीच हुने भएको छ भने २६ गते ए.पि.एफ. र मनाङ मस्याङ्दी क्लव बीच हुने प्रचार प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिनुभयो ।





राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु एवम् वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने लगायतका उद्देश्यका साथ आयोजना गर्न लागिएको अधिकारीको भनाई छ ।प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । हरेक बर्ष एक सिङ्गे गैडा संरक्षणका लागी चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले ४ लाख ९९ हजार ५ सय ५५ र द्वितीय हुनेले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने फाईनलमा पुग्ने २ टिमलाई म्याच मनी रु १ लाख रुपैया दिईने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडिलाई ५ हजार,प्रतियोगीताभरको उत्कृष्ट खेलाडिलाई १० हजार, सर्वा्िधक गोलकर्तालाई १० हजार सहित प्रमाण पत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्स वापत प्रति खेल ३ हजारका दरले उपलब्ध गराईने छ।




सम्बन्धित
Loading...