नमूना सामुदायिक वनको साधारण सभा

0 270







कमला राना
नवलपुर, २० असोज । नवलपुरको कावासोती १ हात्तीखोरमा रहेको महाराजा नमुना सामुदायिक वन उपभोक्ता सम्रहको सातौं साधारण सभा भएको छ ।
महाराजा नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेजेन्द्र कुमार सुनारको अध्यक्षतामा भएको साधारण सभाको डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत कृष्ण देवकोटाले गरेका थिए ।
कार्यक्रममा हुप्सेकोट बुङदीकाली शवडिभिजन वन कार्यालयका प्रमुख चमेली देवकोटा, कावासोती १ का वडा अध्यक्ष नारायणप्रसाद पन्त लगायतले मन्तव्य राखेका थिए ।
सस्थाका उपाध्यक्ष चेतबहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा सस्थाका कोषाध्यक्ष मिनकुमारी राना मगरले ११ लाख ७१ हजार एक सय ९८ रुपैया बराबरको आयव्यय प्रस्तुन गरेका थिए ।
त्यसैगरी बार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष तेजेन्द्र कुमार सुनारले प्रस्तुत गरेका थिए । कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष पुर्व सचिव, कोषाध्यक्ष हरुलाई सम्मान गरिएको थियो ।

You might also like
Loading...