दरबन्दी अनुसार कर्मचारी नआउँदा कार्यसम्पादनमा समस्याः मन्त्री चौधरी

0 273







संजय तिवारी

परासी, २० असोज । प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशमा दरबन्दी अनुसार कर्मचारी नआउँदा कार्य सम्पादनमा समस्या आएको बताएका छन् ।
उनले शनिबार सरावलमा भएको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई सम्बोद्धन गर्दै दरबन्दी अनुसार कर्मचारी नआउँदा बजेट भएतापनि खर्च गर्न नसकिएको बताएका हुन् ।
मन्त्री चौधरीले दशै तिहार पछि कर्मचारी समायोजन गरी समस्या समाधान गर्ने र विकास निर्माणलाई तीब्रता दिने दावी समेत गरे ।
नेकपा सरावल गाउपालिकाले आउदै गरेको विजया दशमीको अवसर पारी पुर्व एमाले र पुर्व माओबादी केन्द्रका कार्यकर्ताहरुबीच शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सरावल १ को बसन्त माविमा गरेको हो ।
कार्यक्रम सीता घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भगवती भण्डारी, खिमलाल पोखरेल, लगायतले शुभकामना व्यक्ति गरेका थिए ।

You might also like
Loading...