एशोदा फुड्सको वक्तित्वकला प्रतियोगिता

0

शाेभा जिसी



नवलपरासी । एशोदा फुड्सले बुधबार कावासोतीमा वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
शिवमाविमा भएको वेरोजगारी समस्या समाधानका लागि चाउचाउ उद्योगको भूमिका विषयक प्रतियोगितामा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, एशोदा फुड्स प्रालिका एरिया इन्चार्ज निरन्जन पोख्रेल, जनसम्पर्क अधिकृत सरस्वती बस्याल लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक चुडामडि शर्माको अध्यक्षतामा भएको प्रतियोगितामा १९ जना विद्यार्थीहरुको सहभागिता रहेकोमा कक्षा ९ का ईश्वर रेग्मी प्रथम, कक्षा ९ की अनुसा कुँवर क्षेत्री द्धितीय, कक्षा ८ का आकाश पोख्रेल तृतीय र कक्षा ८ का विनम्र लम्साल कक्षा ८ चौथो भएको र अन्य सहभागिलाई सान्त्वना पुरस्कार प्रदान गरिएको निरन्जन पोख्रेलले जानकारी दिए ।



सम्बन्धित
Loading...