नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचो

0

२७ असोज, काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।




कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ ।







सम्बन्धित
Loading...