सन्दीप मलेसियाबाटै युईए जाने, क्रिकेट टोली आज स्वदेश आइपुग्दै

0 62







काठमाडौं, असोज २७

मलेसियामा सम्पन्न आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्कदै छ। यसैबीच नेपाली टोलीका महत्वपूर्ण सदस्य एवम् प्रतियोगिताका म्यान अफ दि सिरिज सन्दीप लामिछाने मलेसियाबाटै युएई जाने भएका छन्।

नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्न मलेसियाबाटै युईए जाने भएका हुन्।

नेपाली टोलीका बाँकी सदस्य मालिन्डो एयर मार्फत शनिबार दिउँसो १२: १५ बजे स्वदेश आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका छन्।

प्रतियोगितामा अपराजित रहँदै नेपाली टोली नेट रन रेटका आधारमा उपाधि जितेको हो। नेपालले ६ खेलमा ११ अंक जोडेको थियो। शुक्रबार सिंगापुरविरुद्धको खेल वर्षाका कारण रद्द भए पछि सिंगापुरसँग अंक बाढ्दै कुल अंक पनि बराबरी गरेको थियो।

खेलमा ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुनः हुन नसके पछि नेपाल विजेता बनेको हो।

नेपालले यसअघि म्यानमार र मलेसियालाई समान ८-८ विकेटले पराजित गरेको थियो भने थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले हराउँदा भुटानलाई १ सय १७ रनले पन्छायो। यस्तै चीनको चौनौती १० विकेटले पन्छाउँदै नेपालल एसिया क्वालिफायरमा छनोट भएको छ।

नेपालसँगै सिंगापुर र मलेसिया पनि अघिल्लो चरणमा प्रवेश गरेका छन्।

नेपालले अब पूर्वी क्षेत्रका सिंगापुर, मलेसियासँगै युएई,कतार र ओमानसँग एसिया छनोट खेल्नेछ।

You might also like
Loading...