शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
अखिल संयुक्तकाे चियापान अनेरास्वियू (क्रान्तिकारी) नवलपुर र अनेरास्ववियूकाे संयुक्त अायाेजनामा अाज (शनिवार) मध्यविन्दु बहुमुखी क्याम्पसमा विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत ११३९, छठ, ईद, ल्हाेसार एवं माघी २०७५ काे शुभ अवसरमा शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएकाे छ ।
अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला संयाेजक ईश्वर गैह्रेकाे अध्यक्षता, प्रतिनिधि सभाका सभासद तिलक महतकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
समाजवादकाे बाटाेमा जाँदै छाैं त्यही बाटाेकाे बिच गर्ने अभियानमा युवा विद्यार्थी लाग्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि तिलक महतले बताउनु भएकाे थियाे ।
त्यसै गरी कार्यक्रममा ने क पा का केन्द्रीय सदस्य किशन शर्मा, पूर्व सांसद कृण्ण पाैडेल, मध्यविन्दु क्याम्पस प्रमुख मुक्तिराम पाण्डे, विद्यार्थी केन्द्रीय सदस्य हरि सिग्देल, पूर्व विद्यार्थी नेताहरू भीम कंडेल, मिन लामा, मदन गिरी, अर्जुन अविरल लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमका सञ्चालक अनेरास्ववियूका जिल्ला संयाेजक ठाकुर पराजुलीले गर्नु भएकाे थियाे ।