तिलाराम भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन

0 183







सौभाग्य बचत तथा ऋण सहकारी सँस्था लिमिटेड कावासोती १ नवलपरासीको दशौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिबेशनबाट तिलाराम भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

कावासोती १ स्थित खानेपानी सभाहलमा शनिबार सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।  जसको उपाध्यक्षमा सुर्जा अधिकारी , सचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा हरिलाल गौँडेल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा चक्र बहादुर मोक्तान , नेत्रकुमारी खनाल , लिलामाया चापागाइ, चन्द्र बहादुर सुनार , बालकृष्ण दाहाल , टीकादेबी सुनार , र रीता डोटेल चयन हुनुभएको छ । त्यस्तै शनिबार नै बिमल थापा मगरको सँयोजकत्वमा तीन सदस्यीय लेखा उप समिति पनि चयन गरिएको छ । जसको सदस्यमा नर्मदा चापागाइ र सबिता गौडेल चयन हुनुभएको छ ।

तिलाराम भुषालको अध्यक्षतामा सम्पन्न औपचारिक उद्घाटन सत्रमा कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशँकर मर्दनिया थारु प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै कावासोती १ का वडाध्यक्ष नारायण प्रसाद पन्त , सहकारी बिकास बैँक कावासोतीका नारायण ढकाल , जिल्ला बचत सँघ नवलपरासीका कोषाध्यक्ष छबिलाल अर्याल, सह सचिव रामप्रसाद काफ्ले , कावासोती नगरपालिका सहकारी बिभागका प्रमुख राजेन्द्र देवकोटा बिशेष अतिथि रहनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा पुर्ब अध्यक्षहरु खगेश्वर भुषाल , नारायण शर्मा , डोलराज गैरे , सीताराम कुँवर लगायत समाजसेवी तथा बुद्धिजीबिहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष तिलाराम भुषालले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सँयोजक अम्मर सिँ बि.क.ले लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एस इ इ २०७४ मा ए ग्रेड ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने नियमित बचतकर्ता , उत्कृष्ट बचतकर्ता , ज्येष्ठ शेयर सदस्य तथा एकल महिला शेयर सदस्यहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

You might also like
Loading...