ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

0 42







कावासोती,२७ असोज ।
पूर्वी नवलपरासीकाे कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीकाे पेट्राेेल पम्पमा अगाडि भारतीय मालबाहक ट्रकले साईकल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। ।
पश्चिबाट पूर्वतर्फ आउदै गरेको एम.एच.४६ बि.बि.८२ ११ नम्बरको भारतीय ट्रकले साईकल यात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका खनालको उपचारको क्रममा शनिबार बेलुका साढे सात बजेको समयमा पुरानो मेडिकल कलेजमा निधन भएकाे हाे । दुर्घटना पछि करिव एक घण्टा सडक अवरूद्ध भएकाे थियाे ।

You might also like
Loading...