रजत जयन्तीकाे अवसरमा स्रस्टाहरुलाई सम्मान

0

कमल कुँवर



गैडाकाेट २० असाेज ।
नवलपरासी र चितवन जिल्लामा रहेर लामो समयदेखि नेपाली कला, साहित्य र संस्कृतिको प्रबर्द्धनका लागि कलम चलाइरहेका स्रस्टालाई सम्मान गरिएको छ ।



गैंडाकोट स्थित सरस्वती निकेतन आवासीय माविले आफ्नो स्थापनाको रजत वर्ष मनाउने क्रममा स्रस्टाहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक भानुभक्त सापकोटाले जानकारी दिए । सम्मानित हुनेहरुमा गैंडाकोटका गौरव बरिस्ठ कवि तथा गीतकार गोविन्दराज बिनोदीसँगै प्रा. डा. नारायणप्रसाद खनाल, प्रा. डा. गणेशप्रसाद खराल, डा. मतिप्रसाद ढकाल, दीपक सोती, पुष्प अधिकारी अञ्जली, राधा पाण्डे, विश्व सुवेदी र लेखराम सापकोटा गरि ९ स्रस्टा रहेका छन् ।
सम्मानित स्रस्टालाई विद्यालयका प्राचार्य भरतबाबु ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । विद्यालय परिसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. केशवराज चालिसे, सदानन्द जैसी, कपिलदेव भट्टराई, कमल अर्याल, सरोज उजाड, राजेन्द्र घायल, उदयनाथ रेग्मी, हिमालदेव पंगेनी, सरोज पाठक सुमन, मुना धनन्जय, रुद्र कँडेल, कृष्णमणि पहारी, नगेन्द्र तिमिल्सिना, गोर्खे साइँलो, रामहरि श्रेष्ठ, घनश्याम सुवेदी, अमृत पौडेल, जानुका लम्साल,  शारदा घिमिरे, सावित्री अर्याल, धर्मानन्द पौडेल, मीनराज बसन्तले रचना वाचन गरेका थिए ।



सम्बन्धित
Loading...