वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको पोख्रेलका परिवारलाई विमावापतको १४ लाख रकम हस्तान्तरण

0 731







नवलपरासी, २८ असोज ।
साउदी अरवमा कामको शिलशिलामा अचानक मृत्यु भएका नवलपरासीको मध्यविन्दु नगरपालिका १५ निवासी शिवप्रसाद पोख्रेलका परिवारलाई जीवन विमा वापतको १४ लाख रूपैयाँ रकम प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीमा जानू अघि वैदेशिकरोजगारी सम्बन्धी जीवन विमा गरेकोले उनको परिवारलाई उक्त रकम प्रदान गरिएको गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी नारायणगढका शाखा प्रमुख ओमकार सिग्देलले वताए ।
मृतकको घरमै गएर मृतककी श्रीमती राधिका काफ्लेलाई उक्त विमा रकम हस्तान्तरण गरिएको थियो । गुँरास लाईफ ईन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले उक्त रकम प्रदान गरेको थियो ।
वैदेशिक रोजगारीमा जाँदा विमा गरि जानू पर्ने भए पनि कतिपयले विमा नगरि जाँदा कामको शिलशिलामा कामदार घाईते भए वा मृत्यु भए परिवार विचल्ली हुने गर्दछ ।
पोख्रेलको गत असार ३२ गते साउदी अरवमा अचानक मृत्यु भएको थियो । उनको शव केही साता अघिमात्र नेपाल ल्याई दाहसंस्कार गरिएको थियो ।

You might also like
Loading...