गुल्मीमा जिप दुर्घटनामा दुईकाे मृत्यु

0 46







गुल्मी, २९ असाैज ।

गुल्मीमा जिप दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे चन्द्रकाेट गाँउपालिका वडा नम्बर २ मा लु १ ज २१८१ नम्बरको जिप गएराति दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परि चन्द्रकाेट गाँउपालिका २ का ४९ बर्षिया भरत बहादुर गुरूङ र साेहि ठाँउका ३६ बर्षिया लाल बहादुर गुरूङकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी राेसन खड्काले जानकारी दिए ।
जिप गएराति दुर्घटनामा परेपनि अाज बिहान मात्रै थाहा भएकाे हाे ।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेकाे छ । बाग्लुङकाे कालेपाेखराबाट सामान छाेडेर चन्द्रकाेट अाउने क्रममा जिप दुर्घटनामा परेकाे हाे ।

You might also like
Loading...