संघीयता कुपोषणमा परेको बालक जस्तोः मुख्यमन्त्री पोखरेल

0 82







नारायण भण्डारी
नवलपरासी २९ असोज ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले संघीयता कुपोषण लागेको बालक जस्तै भएको बताउनुभएको छ ।
उहाँले एकाथरि संघीयता चाँहिदैन र अर्कोथरी संघियता चाहिन्छ भन्नेको लडाइका कारण संघीयता कुपोषणमा परेको बताउनुभएको हो ।
उहाँले सोमबार प्रदेश ५ को पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एउटा समूहले संघीयता वेठिक र अर्को समूहले ठिक भन्दा आमसर्वसाधारणमा संघीयता सम्बन्धि बुझाइ सही हुन नसकेको समेत बताउनुभयो ।
उहाँले अरुले भनेजसो संघीयता आउँदैमा रातारात मुलुकमा परिवर्तन नआउने भई धैर्य गर्न पनि जनतालाई आग्रह गर्नुभयो ।
उहांले राज्यसंग मागमाथि माग थोपार्ने तर राज्यको ढुकुटी बढाउन चासो नदिँदा राज्य कमजोर हुने भएकोले कमजोर राज्यले जनताको बढ्दो आकांक्षा पुरा गर्न नसक्ने बताउनुभयो । उहांले राज्य बलियो बनाउनका लागि करको दायरा फराकिलो पारि करका दायरामा आउन सबैलाई आग्रह समेत गर्नुभयो ।

मुख्य मन्त्री पोखरेलले राज्य बलियो भए मात्र जनता सक्षम हुने जिकिर गर्दै राज्यलाई कमजोर पारेर जनता सक्षम हुनै नसक्ने बताउनुभयो । पछिल्लो २ महिना मात्र समग्र राजश्वमा ३७ प्रतिशतले बृद्धि भएको र बैदेशिक लगानी बढ्दै गएको र नेपाली ब्यबसायीहरुले पनि देश भित्रको लगानी बढाउदै गएकोले मुलुक विस्तारै समृद्धिको पाटोमा अगाडि बढेको बताउनुभयो ।

पोखरेलले पञ्चायत कालमा एउटा गाउ पञ्चायतमा बर्षको १० देखि १५ हजार मात्र खर्च गर्ने क्षमता भएकोमा अहिले मुलुक संघियतामा जांदा एउटा गाउपालिकाले बर्षभरीमा कम्तिमा पनि २५ देखि ३० करोड खर्च गर्ने क्षमतामा पुगेकोले विकासै भएन भनेर भन्न नहुनेमा जोड दिनुभयो । पोखरेलले प्रदेश ५ को मुख्य श्रोत कृषि भएकोले प्रदेश सरकारले स्मार्ट कृषि आयोजना लागु गर्ने बताए । प्रदेश सरकारले पुर्वाधार विकास तर्फ सडक सञ्जाल नपुगेका ३२ वटा स्थानिय तहमा सडक पुराउने रणनिति लिएको बताउनुभयो ।

प्रदेश सांसद दिपेन्द्र अधिकारीले प्रदेश सरकारले धेरै योजना अगाडि सारेकोले त्यसलाई सफल बनाउन सवैै दल तथा नागरिकहरुको सहयोग अपरिहार्य भएको बताउनुभयो । प्रदेश सांसद बैजनाथ कलबारले गाउपालिकाले भवन निर्माण गर्न लागेको जग्गा विवादित रहेको र अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको भन्दै केहि स्थानियले कार्यक्रम स्थलमा आउन रोकेको भन्दै गाउपालिकाले सवैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गाउपालिका प्रमुख बैजु प्रसाद गुप्ताले जनताले भोट दिएर जिताएकोले जनताको पक्षमा मात्र काम गर्नुपर्ने बताउनुभयो । सिलन्साय भएको भवन आफ्नो एक्लो घर नभई गाउपालिकाका सवै नागरिकको साझा घर भएको बताउनुभयो । गुप्ताले विपक्षि दललाई कुनै असहमति भए टेवल टक गर्न सकिने समेत बताउनुभयो । जनताको मत लिएर जनताकै विरुद्ध कसैले पनि कुनै कार्य गर्न नहुनेमा गुप्ताले जोड दिनुभयो ।

You might also like
Loading...