गैडा संरक्षण र चोरी शिकार नियन्त्रणका लागि राइनो गोल्डकप

0 43







कावासाेती, २९ असाेज ।

नवलपरासीकाे मध्यविन्दु नगरपालिकाकाे कोल्हुवामा राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिले आयोजना हुने फुटवल प्रतियोगिता कात्तिक ११ गतेदेखि सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।

साेमबार कावासोतीमा पत्रकार सम्मेलन गरी दिएकाे जानकारी अनुसार प्रतियोगीतामा प्रथम हुनेले ४ लाख ९९ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।त्यस्तै द्वितीय हुनेले २ लाख ५५ हजार ५ सय ५५ रुपैया रहेको छ भने उत्कृष्ट खेलाडिलाई ५ हजार,प्रतियोगीताभरको उत्कृष्ट खेलाडिलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार सहित प्रमाण पत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्स वापत प्रति खेल ३ हजारका दरले उपलब्ध गराईने पत्रकार सम्मेलन मार्फत अायाेजक संस्थाका अध्यक्ष दाेमन भण्डारीले जानकारी दिनुभयो ।  

एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको नन्दभाउजु उपभोक्ता समितीका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिनुभयो । प्रतियोगीता अवधिभर का लागी आवश्यक खर्च ७० लाख अनुमान गरिएको आयोजकले जनाएको छ ।

You might also like
Loading...