वाल्मीकि जनकल्याण युवा क्लब महलबारीमा पुनः पाण्डे

0

श्याम थापा




सुस्ता ३० असोज



पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा रहेको  वाल्मीकि जनकल्याण युवा क्लब महलबरीको अध्यक्ष पदमा पुनः दामोदर पाण्डे (निर्मल) सर्वसम्मत चयन हुनु भएको छ ।
सुस्ता गाउँपालिका वार्ड न २ महलबारी स्थित नवदुर्गा मन्दिरको प्राङ्गणमा भएको वाल्मीकि जनकल्याण युवा क्लब महलबारीको चौधौं साधारणसभा तथा आठौं अधिवेशन कार्यक्रमको भेलाले क्लबको अध्यक्ष पदमा पुनः दामोदर पाण्डे निर्मललाई चयन गरेको हो ।

भेलाले दामोदर पाण्डे निर्मलको अध्यक्षयतामा १२ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। जसको उपाध्यक्षमा बासुदेव पाण्डे सन्तोष,सचिवमा ईश्वर कोइराला,कोषाध्यक्षमा खेमलाल अधिकारी,सहसचिवमा दिपक न्यौपाने रहनु भएको छ । भने सदस्यहरुमा बिष्णु पाण्डे,मणि पाण्डे,सन्देश पौडेल,पवन भट्टराई,नारायण अधिकारी,सुबास ढकाल र गणेश ढकाल रहेका छन ।
बि स २०६१ सालमा विभिन्न सामाजिक कार्यहरुमा टेवा पुराउने उद्देश्यको साथ स्थापना भएको वाल्मीकि जनकल्याण युवा क्लब सुस्ता २ महलबारीले यति खेर आएर कुल २३ लाख बराबरको आर्थिक कारोबार पनि गरेको क्लबका अध्यक्ष पाण्डेले बताउनु भयो ।
क्लबले १ वटा एम्बुलेन्स पनि संचालनमा ल्याएको छ । साथै क्लबले सुस्ता २ महलबारी गाउँलाई उज्यालो महलबारी पनि बनाएको छ ।
वाल्मीकि जनकल्याण युवा क्लब सुस्ता २ महलबारीका अध्यक्ष दामोदर पाण्डे निर्मलको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको वाल्मीकि जनकल्याण युवा क्लब सुस्ता २ महलबारीको चौधौं साधारणसभा तथा आठौं अधिवेशन कार्यक्रममा पत्रकार श्याम थापा,क्लबका पुर्व अध्यक्ष राम प्रसाद आर्याल,क्लबका पुर्व अध्यक्ष सागर मणि पाण्डे,महर्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुस्ता २ महलबारीका अध्यक्ष दिल्ली राम काफ्ले र क्लबका सस्थापक अध्यक्ष केशव गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।



सम्बन्धित
Loading...