हुप्सेकाेट गाउँपालिका विरूद्ध नेकपाले कडा अान्दाेलन गर्ने

0 84







शाेभा जिसी
नवलपुर, ३१ असाेज ।
नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका विरूद्ध नेकपाले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे छ ।
हुप्सेकाेट गाउँपालिका अध्यक्ष सहितकाे टाेलीले अान्दाेलन पक्षसँग छलफल र वार्ता नगरी अाफूहरूले गाउँपालिकामा लगाएकाे ताला प्रहरी लगाएर खाेलेकाे भन्दै नेकपाले थप अान्दाेलनकाे चेतावनी दिएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका चन्द्रबहादुर गाहा मगरले विज्ञप्ति जारी गरि अान्दाेलनका चेतावनी दिएका हुन् ।
नेकपाले ६ मध्य ३ वडाअध्यक्ष र गाउँपालिका उपाध्यक्ष जितेकाे यश क्षेत्रमा नेपाली काँग्रेसले हरेक निर्यण बहुमतकाे अाधारमा गर्ने गरेकाे उनीहरूकाे अाराेप छ ।
हुप्सेकाेट गाउँ पालिकाले पछिल्लाे समय शिक्षा एेन जारी गरेर कार्यान्वयनमा ल्याए पछि विभिन्न शिक्षक संगठन समेत गाउँपालिका विरूद्ध अान्दाेलित छ ।

You might also like
Loading...