साँघुरो भवनमा स्वास्थ्य चौकी

0 43







शोभा जिसी

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका ५ अर्थात साविक धुर्कोट गाविसको स्वास्थ्य चौकीमा भवन अभावका कारण नियमित चेकजांचमा समस्या हुने गरेको छ ।

एक जना एच ए हेल्थ असिस्टेन्ट सहित ६ जनाको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी रहेपनि २ धुर जग्गामा बनेको सांघुरो ३ कोठे भवनमा काम गर्न निक्कै समस्या भएको धुर्कोट स्वास्थ्य चौकीका इन्चार्ज पवनकुमार यादवले  बताउनुभयो ।

३७ सय भन्दा बढी जनसंख्याको कार्यक्षेत्र रहेको यहांको स्वास्थ्य चौकी विनयी त्रिवेणी गाउंपालिका ५ को वडा कार्यालय अर्थात साविक धुर्कोट गाविस कार्यालयसंगै रहेको उक्त स्वास्थ्य चौकीमा रुघाखोकी, ज्वारो लगायतका सामान्य उपचारका साथै गर्भवती चेकजांचका लागि समेत सेवाग्राहीहरु आउने गर्दछ ।

भवन अभावका कारण गर्भवतीलाई गोप्य तवरले चेकजांच गर्न समेत समस्या हुने गरेको र अन्य चेकजांचमा पनि समस्या हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज पवन कुमार यादवले बताए।

त्यस्तै स्वास्थ्य चौकीमा आएको औषधि समेत राख्ने ठाउं अभाव हुंदा निक्कै कठिनाइ भएको उनको भनाई छ ।

You might also like
Loading...