दशैं, हर्टएट्याक्ट र दशा

0 588







हर्ट एट्याक्टका मुख्य कारणः
– धुमपान
– हाईपर कोलेस्ट्रोमिया (अत्याधिक वोसो जम्मा हुनु)
– मधुमेह
– उच्च रक्तचाप

गत वर्ष दशै सेरोफेरोमा जीवन सिटी हस्पिटलको ईमर्जेन्सीमा चार जना विरामीमा हर्ट एट्याक्ट देखियो। एउटै हस्पिटलमा मात्रै चार जनामा हर्ट एट्याक्ट देखिनुले, दशै सेरोफेरोमा मात्रै सयौंका संख्यामा उक्त समस्या देखिएको अड्कल गर्न सकिन्छ। यो आलेख दशैंकै मुखमा लेखिनुका पछाडिको एउटै अर्थ छ, आग्रह छ। थोरै भएपनि खानपिनमा सावधानी अपनाऔं। शरिर रह्यो भने, दशैं आगुम परागुम पनि मनाऔंला। यदि शरीर नै जोखिममा पुग्यो भने ?

लेखक जीवन सापकोटा

(सम्पूर्ण नेपाली आमावुबा, दाजुभाई दीदीवहीनिमा वडादशैं, तिहार र छटपर्वको शुभकामना)

के हो हर्ट एट्याक्ट ?
मुटुमा रगत पुर्याउने रक्तनली (कोरोनरी आर्टरी) मा एक प्रकारको बोसो (Athromatous plaque) अड्किएका कारण मुटुका मांशपेशीमा रक्तसंचार अवरोध भई अक्सिजनको अभावमा मुटु मर्न सक्ने अवस्था हर्ट एट्याक्ट हो। यसरी अड्किन पुग्ने वोसोयुक्त टुक्रा अथवा जमेको रगत या त उच्च रक्तचापका कारण देखिन्छ या त शरिरमा एक्कासी बढ्ने बोसोयुक्त खानाको कारण।

हर्ट एट्याक्टका मुख्य कारणः
– धुमपान
– हाईपर कोलेस्ट्रोमिया (अत्याधिक वोसो जम्मा हुनु)
– मधुमेह
– उच्च रक्तचाप

माथिका प्रमुख कारणलाई ध्यान दिंदा मात्रै पनि थाहा पाऊन सकिन्छ, कि हामीले चाडवाडमा सेवन गर्ने खाना र हर्ट एट्याक्ट जस्तो भयावह समस्याको बीचमा सिधा सम्बन्ध छ। हामीले चाड मनाउने प्रमुख तरिका नै खानु र पिउनु हो। हाम्रो खानपिनको प्रमुख हिस्सा भन्नु नै मांस, मदिरा, चिल्लो युक्त खाना, गुलियो परिकार हुन्।

हामी स्वास्थ्य प्रति त सचेत छैनौं नै, कुन खाना कति खाने ? भन्ने कुरा प्रति यति लापरवाह छौं। यतिसम्म लापरवाह छौं कि अत्यादिक मदिरा सेवनका कारण लिभर, प्यांक्रीयाज जस्ता अंगमा एक्कासी चोट लागेर मृत्युवरण गर्नेको संख्या नै बर्सेनी हजारौं पुग्छ। हामी चाडवाड मनाउन प्रायः सामुहिक भोज गर्ने गर्छौं, त्यो पनि राती अवेरसम्म।
विवाहको भोज होस् वा जन्मदिन मनाउने जमघट। मृत्यु संस्कार गर्दा होस वा पास्नी गर्दा, भोजमा पस्किईने परिकारको साझा तरिका हो। चिल्लो, गुलियो, मासु, पनिर र पछिल्लो समयमा सोसियल ड्रिक्स।
एकातिर हामीले पस्किने खानाको सन्तुलन त छैन नै । अर्को कुरा हाम्रो शरिरले धान्ने खानाको मात्रा कति हो ? भन्ने कुरा प्रती पनि नादान छौं । भन्नुको मतलव, हामी हेल्थ कन्सस फुड डेलिभर गर्नुपर्छ भन्ने कुरा प्रती पूर्णतया अज्ञान छौं । खानेबेला आफूलाई चाहिने मात्रा कति हो भन्ने कुराप्रति अचेत छौं ।

साथै हामीले हाम्रो खाना परम्परागत तरिकाले नै बनाउँछौं । चामल बदलियो, आलु बदलियो । तेल कुरै नगरौं एक गेडा तोरि बिना नै हज्जारौं लिटर तेल प्याकेजिङ्ग हुन्छ । त्यस्तो तेल पूरै तताएर, मेथी फुराएर , पूरै तेल तैरेनेगरी खाना बनाउँछौ । यसरी बनाएको चिल्लो पुलाऊ, मासु, फ्राई माछा, चिल्लो गेडागुडी, मिठाई एक छाकको खानामा यति ग्लुकोज, प्रोटिन र खराव चिल्लो खान्छौ कि, त्यस्तो खाना न त पच्न सक्छ, न त त्यसले शरिरलाई कुनै कोणबाट फाईदा नै गर्छ । त्यसैमा नुनिलो परिकार धेरै किसिमका सेवन गर्छौं ।

यस्तै खाना लगातार दुई छाक खाएपछी शरीरको होमियोस्टासिस त बिग्रीन्छ नै । उता उच्च रक्तचाप, मधुमेह र हाईपर लिपिडेमियाका विरामी सोझै हर्ट एट्याक्टको मुखमा धकेलिन्छन ।

हर्ट एट्याक्ट्का लक्षणः
– बायाँ छातिको कडा दुखाई, जुन बिस्तारै कुम, घाँटी, बंगारातिर सर्छ ।
– यस्तो दुखाई आराम गरेको बेला प्राय रातिमा शुरु हुन्छ ।
साथै यस्तो समस्या शुरु हुँदा श्वास फेर्न गाह्रो हुने, वेचैनी, छटपटी, उल्टी हुने, वेहोश हुने र दुखाई शुरु भएकै केही समयमा मृत्यु पनि हुनसक्छ ।
– बुढा बुढी र मधुमेहका विरामीमा ईस्चेमिक (silent) किसिमको देखिन सक्ने भए पनि चाडबाडका बेला अन्य उमेर समुहका बिरामीमा हर्ट एट्याक्ट नै देखिन सक्ने हुँदा, यो ज्यादै नै दुखदायी बन्न पनि सक्छ ।

हर्ट एट्याक्ट्का लक्षणः
– बायाँ छातिको कडा दुखाई, जुन बिस्तारै कुम, घाँटी, बंगारातिर सर्छ ।
– यस्तो दुखाई आराम गरेको बेला प्राय रातिमा शुरु हुन्छ ।
साथै यस्तो समस्या शुरु हुँदा श्वास फेर्न गाह्रो हुने, वेचैनी, छटपटी, उल्टी हुने, वेहोश हुने र दुखाई शुरु भएकै केही समयमा मृत्यु पनि हुनसक्छ ।
– बुढा बुढी र मधुमेहका विरामीमा ईस्चेमिक (silent) किसिमको देखिन सक्ने भए पनि चाडबाडका बेला अन्य उमेर समुहका बिरामीमा हर्ट एट्याक्ट नै देखिन सक्ने हुँदा, यो ज्यादै नै दुखदायी बन्न पनि सक्छ ।

सावधानीः
– खानपिन र दैनिकिलाई बैज्ञानिक तथा व्यबस्थित गरौं ।
– खाना खाँदा मैले खाँदै गरेको खाना शरिरको लागि फाईदा जनक त छ? भन्ने निक्र्यौल गरेर मात्र सेवन गरौं ।
– एकैछिनको लहड र लहैलहैले जीवनको क्षति हुनसक्छ, त्यो आफूलाई पनि पर्न सक्छ भन्ने कुरामा चनाखो बनौं ।
– वंशाणुगत रुपमा मधुमेह, उच्छ रक्तचाप र हाईपर लिपिडेमिया भएका परिवारका सदस्यले नियमित रुपमा र अन्यले पनि समय समयमा चिकित्सकिय सल्लाहा लिने गरौं।
– चाडबाडलाई मर्यादित र आनंन्दमय बनाउन खाना बनाउने तरिका र सेवन गर्ने तरिकामा सोचौं, सुधार गरौं ।

You might also like
Loading...