तिन बोरा लागु औषध सहित एक पक्राउ

0

सिरहा – असोज ३१
सिरहा प्रहरीले तिन बोरा लागु औषध सहित एक जना पक्राउ परेको छ।




सिराहा धनगडीमाई नगरपालिका वडा नम्बर ९ जिरोमाइल स्थित आज मंगलबार दलुवा भन्ने गंगा प्रसाद यादवको घरमा विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले यादवको घरबाट तिन वटा बोरामा मुख बाधी प्याक गरि राखेको डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल , नाईट्रोकाइट ६ डब्बा १ हजार ८ सय पिस , स्पास्मोस ६ डब्बा ८ सय ६४ पिस र फोडविन १ सय ८० पिस लागु औषध सहित गंगा प्रसाद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिराहाका प्रहरी नायव उपरीक्षक माधव राज खरेलले जानकारी दिनु भएको छ।

पक्राउ परेका यादव लाई ईलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







सम्बन्धित
Loading...