दशैंमा ९ बजेपछि मदिरा प्रतिबन्ध

0 30







नवलपुर । नवलपुर प्रहरीले दशैंमा राति ९ बजेपछि मदिरा विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

मदिरा सेवन गरेर हुन सक्ने झैं झगडाहरुलाई नियन्त्रण गर्न यस्तो प्रबिन्ध लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले सुरक्षालाई कडा बनाएको छ । चाडपर्वमा कुनै किसिमको अप्रिय घटना हुन नदिन जिल्ला मा बेलुका ९ बजे पछि मदिरा विक्रि वितरणमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका एस पि रमेश थापाले जानकारी दिए ।
त्यसैगरी जिल्लामा हुने अन्य अनियमितता गतिविधिहरु, चोरी डकैती, लुटपाट, जुवातास खेल्न नदिने लगायतका क्रियाकलाप नगर्न नगराउन समेत सचेत गराइएको एस पि थापाले बताए । अहिले दशै नजिकिदै जादा मठ मन्दिरमा विभिभन्न साँस्कृतिक कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन पनि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको एस पि थापाले जानकारी दिए ।

You might also like
Loading...