पूर्वी नवलपरासीको त्रिबेणीमा लागु औषध सहित २ युवक पक्राउ

0 65







श्याम थापा

नवलपरासी १ कार्तिक

पूर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका वार्ड न ७ स्थित त्रिबेणी ब्यारेज पुलमा लागु औषध सहित २ युवक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड न १ बस्ने रुपेश महतो र चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड न ३ बस्ने बिशाल महतो रहेका छन ।

रुपेश महतो र बिकास महतोले भारत बिहारको भैसालोटन बजार बाट अबैध रूपमा ल्याउदै गरेको लागु औषध सहित नेपाल भारतको सिमामा रहेको त्रिबेणी ब्यारेज पुलमा चेक प्वाइन्टमा रहेको सशस्त्र प्रहरी बलले पक्राउ गरि ईलाका प्रहरी कार्यालय त्रिबेणीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल अस्थाई सुरक्षा पोस्ट त्रिबेणीका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश प्रसाद ढकालले बताउनु भयो।

दुवै जनालाई प्रहरीले अनुसन्धान गर्दा उनीहरुसंग ३ सय पिस नाइट्रोभेट र १६ पिस स्मास्मो फेला परेको ईलाका प्रहरी कार्यालय पुर्वी नवलपरासी त्रिबेणीका प्रहरी नायब निरीक्षक राजबाबु यादवले बताउनु भयो । साथै पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा पठाएको ईलाका प्रहरी कार्यालय पुर्वी नवलपरासी त्रिबेणीका प्रहरी नायब निरीक्षक यादवले जानकारी दिनु भएको छ ।

You might also like
Loading...